Lucky-Khabar_

प्रधानमन्त्रीको सिंहदरबारमा १७ देशका राजदूतसँग संवाद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सिंहदरबारमा नेपालस्थित १७ देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गर्दै सरकारको कूटनीतिक प्राथमिकता र भावी कार्यदिशा सार्वजनिक गर्नुभएको छ।

content ad p2

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त भेटमा भारत र चीन लगायत संयुक्त राज्य अमेरिका, बेलायत, जापान, जर्मनी तथा संयुक्त राष्ट्र सङ्घ जस्ता प्रमुख विकास साझेदारका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी कूटनीतिज्ञहरूले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै नेपालको विकास र जनहितका कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित, व्यावहारिक र राष्ट्रिय हितअनुकूल ढंगले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले मित्र राष्ट्रहरूसँग पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याउनुभयो।

प्रधानमन्त्रीले विश्व शान्ति र सहकार्यलाई प्राथमिकतामा राख्दै विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा र हित संरक्षणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै, सुशासन कायम गर्दै तीव्र आर्थिक विकास र जनताको जीवनस्तर सुधार गर्न अन्तर्राष्ट्रिय समुदायको रचनात्मक सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

उक्त संवादमा शिशिर खनाल सहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार, मुख्यसचिव र परराष्ट्र सचिव लगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

भेटमा सहभागी राजदूतहरूले नेपालको वर्तमान राजनीतिक अवस्था र नयाँ सरकारका प्राथमिकताप्रति चासो व्यक्त गर्दै आगामी दिनमा सहकार्यका क्षेत्र विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। यस संवादले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर