Lucky-Khabar_

प्रहरीको गाडीले सिरहामा ठक्कर दिँदा एक बालक गम्भीर घाइते

सिरहा । सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्।सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय आयुष मलिकलाई ठक्कर दिएको हो।

content ad p2

प्रहरीका अनुसार गस्तीका क्रममा गाडीले बालकलाई छोएपछि उनलाई तत्काल स्थानीय स्तरमै उपचारका लागि लगिएको थियो। पछि पीडित पक्षसँगको सहमतिमा थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन्।

तर घटनाबारे बालकका हजुरबुबा जगदीश मलिकले फरक दाबी गरेका छन्। उनका अनुसार बालक गाउँको सडकमा खेलिरहेका बेला प्रहरीको गाडीले ठक्कर दिएको हो, जसका कारण उनी गम्भीर घाइते भएका हुन्।

स्थानीयका अनुसार बालक मामा घर आएका थिए र घर फर्किने तयारीकै क्रममा उक्त दुर्घटना भएको हो।

घटनापछि घाइते बालकलाई मिर्चैयास्थित मनकामना मिड इस्टर्न अस्पताल लगिएको थियो। प्रहरीले बालकको अवस्था सामान्य रहेको जनाएको भए पनि परिवारले भने अवस्था चिन्ताजनक रहेको बताएका छन्।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर