Lucky-Khabar_

मालपोत सेवामा डिजिटल अनुगमन: मन्त्रीको कार्यकक्षबाटै देशभरको सेवा अवस्था निगरानी

काठमाडौँ । देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ प्रविधिमा आधारित अनुगमन प्रणाली कार्यान्वयनमा ल्याइएको छ। अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले आफ्नै कार्यकक्षबाटै देशभरका मालपोत कार्यालयहरूको सेवा अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ।

content ad p2

मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका समस्या बारम्बार देखिन थालेपछि सेवा प्रवाहमा अवरोध आउने गरेको गुनासो बढ्दै गएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै सेवा प्रवाहको वास्तविक स्थिति तत्काल थाहा पाउने र समस्या छिटो समाधान गर्ने उद्देश्यले उक्त प्रणाली जडान गरिएको हो।

नयाँ प्रणालीमार्फत मन्त्रीको कार्यकक्षमा जडान गरिएको मोनिटरमा देशभरका सबै मालपोत कार्यालयहरूको स्थिति देखिनेछ। सेवा सञ्चालन भइरहेका कार्यालयहरू हरियो बत्तीबाट संकेत हुनेछन् भने सर्भर डाउन वा अन्य कारणले सेवा अवरुद्ध भएका कार्यालयहरू रातो बत्तीबाट चिनिनेछन्।

रातो बत्ती देखिएका कार्यालयहरूको समस्या के कारणले उत्पन्न भएको हो भन्ने तत्काल बुझेर आवश्यक पहलमार्फत समाधान गरिने व्यवस्था मिलाइएको छ। यस प्रणालीको प्रयोगबाट सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले डिजिटल प्रविधिको प्रयोग बढाउँदै सार्वजनिक सेवा प्रणालीलाई सुधार गर्ने प्रयासलाई यस कदमले थप सुदृढ बनाउने विश्वास लिइएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर