Lucky-Khabar_

“चुनावी समीक्षा गर्दै महाधिवेशनतर्फ उन्मुख राप्रपा: क-कसले पाए कार्यतालिका बनाउने महत्त्वपूर्ण जिम्मेवारी?”

काठमाडौँ, जेठ २ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी केन्द्रीय महाधिवेशनको आन्तरिक तयारीमा होमिएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको विस्तृत कार्यतालिका र रुपरेखा तयार गर्नका लागि एक विशेष समिति गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको तयारीलाई तीव्रता दिने निर्णय गरेको हो। बैठकले आगामी महाधिवेशनको कार्यतालिका निर्माण गर्ने जिम्मेवारी सहित उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवलशमशेर राणा र सह-महामन्त्री प्रकाश रिमाल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार यस समितिलाई आगामी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने गरी महाधिवेशनको प्रारम्भिक कार्यतालिका बनाउने म्यान्डेट दिइएको छ।

रोकिएका स्थानीय र जिल्ला अधिवेशनहरू सुचारु गरिने

राप्रपाले हालै सम्पन्न आम निर्वाचनका कारण देशका विभिन्न स्थानमा स्थगित गरिएका स्थानीय तथा जिल्ला अधिवेशनहरूलाई पुनः निरन्तरता दिने निर्णय समेत गरेको छ। पार्टी अब पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भएको बताउँदै अध्यक्ष लिङ्देनले संगठन विस्तार र महाधिवेशनको तयारीलाई एकैसाथ अघि बढाइने जानकारी दिए।

जेठ २८ र २९ गते पूर्ण बैठक बस्ने

यसैबीच, राप्रपाले आगामी महाधिवेशनको एजेन्डा, समसामयिक राजनीतिक परिस्थिति र हालैको निर्वाचनको विस्तृत समीक्षा गर्नका लागि आगामी जेठ २८ र २९ गते काठमाडौँमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। उक्त बैठकमा सातै प्रदेशका समीक्षा बैठकबाट आएका सुझावहरूमाथि गहन छलफल गरिने पार्टी सचिवालयले जनाएको छ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर