Lucky-Khabar_

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

वीरगञ्ज । धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव झेलिरहेका किसानका लागि राहतको खबर आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले वीरगञ्ज प्रादेशिक कार्यालयका लागि ल्याउँदै गरेको युरिया मलको पहिलो खेप भारतको सीमावर्ती सहर रक्सौल आइपुगेको छ।

content ad p2

कृषि सामग्री कम्पनी लिमिटेड वीरगञ्जका सूचना अधिकारी दिनेश शर्माका अनुसार १ हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल्वे र्याक शनिबार रक्सौल रेल्वे स्टेसन पुगेको हो। शनिबार राति परेको अविरल वर्षाका कारण रेल्वे र्याक तत्काल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) प्रवेश गर्न नसके पनि मौसम अनुकूल हुनासाथ आइतबार नै नेपाल भित्र्याउने तयारी गरिएको उनले जानकारी दिए।

कम्पनीले भारतको आईपीएल कम्पनीसँग ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको सम्झौता गरेको छ। सोही सम्झौताअनुसार वीरगञ्ज प्रादेशिक कार्यालयले कुल ११ हजार ५ सय मेट्रिक टन युरिया मल प्राप्त गर्नेछ। बाँकी परिमाण विराटनगर र भैरहवा प्रादेशिक कार्यालयमार्फत सम्बन्धित भन्सार नाकाबाट नेपाल भित्र्याइने कम्पनीले जनाएको छ।

पहिलो खेप नेपाल भित्रिन थालेसँगै बाँकी मल पनि चरणबद्ध रूपमा आउने भएकाले धान रोपाइँको महत्वपूर्ण समयमा मल अभाव केही हदसम्म समाधान हुने र किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर