Lucky-Khabar_

वनले बस्ती हटाउन खोजेको भन्दै चुरेबासी आन्दोलित, बीपी राजमार्ग अवरुद्ध

 बर्दिबास । वन क्षेत्रमा रहेको बस्ती हटाउने तयारीको विरोधमा चुरे क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। डिभिजन वन कार्यालयले बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना जारी गरेपछि आक्रोशित स्थानीयले बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।
content ad p2

प्रदर्शनका क्रममा स्थानीयले वन कार्यालयका कर्मचारीलाई केही समय नियन्त्रणमा लिएका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरी परिचालन गरिएको थियो भने कर्मचारीलाई पछि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। आन्दोलनका कारण काठमाडौं–पूर्वी नेपाल आवतजावत गर्ने सयौं सवारी साधन बीच बाटोमै रोकिएका थिए।

स्थानीयवासीले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट वैकल्पिक व्यवस्थाबिना जबर्जस्ती हटाउन खोजिएको आरोप लगाएका छन्। बसोबासको सुनिश्चितता र उचित समाधान नभएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ।

यसैबीच, प्रदर्शन उग्र बन्दै जाँदा वन कार्यालयको सरकारी गाडीमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ भने प्रशासनले स्थानीयसँग वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर