Lucky-Khabar_

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

कञ्चनपुर। कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको भवनको छतबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा वेदकोट नगरपालिका–४ निवासी २३ वर्षीय उत्तम कार्की रहेका छन्। प्रहरीका अनुसार उनी शनिबार बिहान करिब ९:३० बजे महेन्द्रनगरस्थित विश्वविद्यालयको तीनतले भवनको छतबाट हाम फालेका थिए।

कार्की बीएचएम (Bachelor of Hotel Management) को प्रवेश परीक्षा दिन विश्वविद्यालय पुगेका थिए। घटना भएपछि उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो करिब १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। केही सञ्चारमाध्यमले परिवारको भनाइ उद्धृत गर्दै कार्की मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि औषधि सेवन गरिरहेको उल्लेख गरेका छन्।

यदि तपाईं वा तपाईंले चिन्ने कसैले आत्महत्या वा आत्महानिका विचार अनुभव गरिरहनुभएको छ भने, विश्वासिलो व्यक्ति, परिवारका सदस्य वा मानसिक स्वास्थ्य विशेषज्ञसँग तत्काल कुरा गर्नु महत्त्वपूर्ण हुन्छ। समयमै सहयोग माग्दा प्रभावकारी सहायता प्राप्त हुन सक्छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर