Lucky-Khabar_

पर्सा प्रहरीको व्यक्तिगत विवादलाई साम्प्रदायिक रंग नदिन आग्रह

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा दुई युवाबीच भएको व्यक्तिगत विवादलाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धार्मिक तथा साम्प्रदायिक रंग दिएर प्रचार गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

content ad p2

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ः३५ बजे वीरगञ्ज–२ ईदगाहा चोकको भित्री सडकमा वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँ निवासी १८ वर्षीय रञ्जित यादवमाथि विगतको व्यक्तिगत विवादका कारण वीरगञ्ज–२ निवासी १८ वर्षीय समिर अन्सारीले हातपात गरेका थिए।घटनामा रञ्जित यादवको ओठ र नाकमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेलाई तत्काल प्रभु अस्पतालमा उपचारका लागि लगिएको र हाल उपचार भइरहेको बताइएको छ।

घटनामा संलग्न समिर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।घटनाबारे अनुसन्धान जारी रहेकै अवस्थामा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा धार्मिक तथा सामाजिक सद्भावमा असर पुग्ने किसिमका सामग्री प्रचारप्रसार भएको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान भइरहेको र संलग्न व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ।

प्रहरीले व्यक्तिगत विवादलाई अतिरञ्जित वा साम्प्रदायिक रूपमा प्रस्तुत नगर्न आग्रह गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न, अफवाह नफैलाउन तथा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर