Lucky-Khabar_

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

वीरगञ्ज । पर्सामा विभिन्न हिन्दूवादी सङ्गठनहरूले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेका छन्। जनकपुरधाममा शनिबार गृहमन्त्री सुदन गुरुङ र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच भएको पहिलो चरणको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको हो।

content ad p2

वार्तामा आन्दोलनरत पक्षले उठाएका मागहरूबारे सरकार सकारात्मक रूपमा छलफल गर्न सहमत भएपछि आन्दोलनका पूर्वघोषित कार्यक्रम फिर्ता लिइएको जनाइएको छ। दुवै पक्षले वार्तालाई निरन्तरता दिँदै बाँकी विषयमा पनि सहमतिमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हालै मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै संवादमार्फत समस्या समाधान गर्ने उद्देश्यले वार्ताको पहल गरिएको हो। आन्दोलन फिर्ता भएसँगै पर्सासहित मधेशका जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।

सरकार र आन्दोलनरत पक्षबीच आगामी दिनमा थप वार्ता गरी मागहरूको सम्बोधनका विषयमा निष्कर्षमा पुग्ने तयारी रहेको जनाइएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर