वीरगञ्ज । रहबर अन्सारीले आफ्नो निर्वाचन क्षेत्रका रसुवा बाढीमा ज्यान गुमाएका परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था तथा मुख्य समस्या बुझेका छन्।

भेटघाटका क्रममा अन्सारीले बाढीपहिरोका कारण आफन्त गुमाएका परिवारका सदस्यसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूले भोगिरहेका समस्या, आवश्यकता तथा कठिनाइबारे जानकारी लिएका थिए। उनले पीडित परिवारका समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
अन्सारीले विपद्का कारण प्रभावित परिवारलाई राज्यका तर्फबाट आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए।
भेटघाटका क्रममा उनले निर्वाचन क्षेत्रका आम नागरिकसँग समेत प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्या, विकास निर्माण तथा जनताका आवश्यकता बारे जानकारी लिएका थिए। नागरिकका गुनासा र सुझावलाई सम्बोधन गर्न आफूले निरन्तर पहल गर्ने अन्सारीले बताएका छन्।
स्थानीयवासीले विपद्का कारण उत्पन्न समस्या समाधान, राहत तथा पुनःस्थापनाका विषयमा सम्बन्धित निकायबाट प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए।


