वीरगञ्ज । पर्साको धोबिनी निवासी सन्तोष पटेल नेपाल मिक्स मार्शल आर्ट महासंघको निर्णयअनुसार मधेश प्रदेश मिक्स मार्शल आर्ट संघको अध्यक्षमा नियुक्त हुनुभएको छ।

नेपाल मिक्स मार्शल आर्ट महासंघले २०८३ असोज १६ गते गरेको निर्णयअनुसार पटेललाई मधेश प्रदेशमा संघ गठनका लागि प्रतिनिधि तोकेको हो।
महासंघका महासचिव सुशान पुनद्वारा हस्ताक्षरित पत्रमा पटेललाई प्रदेश संघ गठनको जिम्मेवारी दिइएको उल्लेख छ। पत्रको बोधार्थ मधेश प्रदेश खेलकुद परिषद् तथा मधेश प्रदेशका सम्पूर्ण जिल्ला खेलकुद विकास समितिलाई पठाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध पटेल सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ। उहाँले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताइएको छ।पटेलको नेतृत्वमा मधेश प्रदेशमा मिक्स मार्शल आर्ट संघ गठन तथा खेलको विकास र विस्तारका लागि काम अघि बढ्ने अपेक्षा गरिएको छ।


