Lucky-Khabar_

बिरगंजमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक जारी, प्रभात फेरी विहान

१४ माघ,वीरगञ्ज ।बिरगंजमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक  जारी छ । २० औं स्थापना दिवसको अवसरमा आयोजीत ३ दिने कार्यक्रम अन्तर्गत आज दोस्रो दिन केन्द्रीय समितिको बैठक बसेको हो ।

content ad p2

बीरगञ्जको नगर सभा गृहमा बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा बसेको थियो ।

बीरगञ्जमा जारी कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द देवकोटाले जानकारी दिए ।

कार्यक्रम तेस्रो दिन विहान ८ बजेदेखि घण्टाघरबाट प्रभात फेरि कार्यक्रम पनि राखिएको उपाध्यक्ष देवकोटाले बताए ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सेन्टरले जनाएको छ ।

वीरगञ्जको नगर सभा गृहमा स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम राखिएको जनाइएको छ ।२० औं स्थापना दिवसको कार्यक्रममा केन्द्रीय पदाधिकारी, विभिन्न समिति र उप समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला, एशोसियटलगायतका कमिटीका अध्यक्ष तथाप्रदेश पदाधिकारीहरुको कार्यक्रममा सहभागिता छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर