Lucky-Khabar_

बिरगंजमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक जारी, प्रभात फेरी विहान

१४ माघ,वीरगञ्ज ।बिरगंजमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक  जारी छ । २० औं स्थापना दिवसको अवसरमा आयोजीत ३ दिने कार्यक्रम अन्तर्गत आज दोस्रो दिन केन्द्रीय समितिको बैठक बसेको हो ।

content ad p2

बीरगञ्जको नगर सभा गृहमा बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा बसेको थियो ।

बीरगञ्जमा जारी कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द देवकोटाले जानकारी दिए ।

कार्यक्रम तेस्रो दिन विहान ८ बजेदेखि घण्टाघरबाट प्रभात फेरि कार्यक्रम पनि राखिएको उपाध्यक्ष देवकोटाले बताए ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सेन्टरले जनाएको छ ।

वीरगञ्जको नगर सभा गृहमा स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम राखिएको जनाइएको छ ।२० औं स्थापना दिवसको कार्यक्रममा केन्द्रीय पदाधिकारी, विभिन्न समिति र उप समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला, एशोसियटलगायतका कमिटीका अध्यक्ष तथाप्रदेश पदाधिकारीहरुको कार्यक्रममा सहभागिता छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर