Lucky-Khabar_

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआई जी चन्दले राजिनामा फिर्ता लिए

२२ माघ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डी आई जी अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएका हुन्।

content ad p2

‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका १ जना अधिकारीले नेपाल लाइभसँग भने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले अनविज्ञता प्रकट गरे।

‘राजीनामा फिर्ता लिनुभएको छ। अब काममा फर्किनुभयो कि केही दिन बिदामा बसेर काममा फर्किने भन्ने उहाँले निर्णय लिनुहुन्छ होला,’ ती अधिकारीको भनाइ छ।
व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो।

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए। ‘अहिले किन राजीनामा दिनुहुन्छ भनेर आईजी सापले उहाँ (चन्द)लाई सम्झाउनु भयो। अरु (उच्च अधिकारी) सरहरुले पनि उहाँलाई सम्झाउनुभयो,’ आईजी कुँवर निकट स्रोतले भन्यो, ‘त्यसपछि उहाँ राजीनामा फिर्ता लिन कन्भिन्स हुनुभएको हो।’

चन्द गत वैशाख १३ गते यता विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी पाएका थिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर