Lucky-Khabar_

श्री विष्णु महायज्ञ बीरगञ्जमा सुरु भएको ९ दिवसीयमा उपराष्ट्रपति यादवले उद्घाटन गर्दै भने– महायज्ञले आपसी सद्भाव बढाओस्

No description available.

content ad p2

२८माघवीरगञ्ज / पीपरास्थित चिनी मिल परिसरमा आइतबारदेखि सुरु हुन लागेको सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवम ९ दिवसीय श्री विष्णु महायज्ञ  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्धघाटन गरेका हुन् ।

उपराष्ट्रपति यादवले महायज्ञले समाजमा शान्ति, सुव्यवस्था, परस्पर मेलमिलाप, भाइचार, सदाचार, बन्धुत्व कायम गर्न मद्दत पुग्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालकै ऐतिहासिक, वाणिज्य तथा औधोगिक केन्द्र एवम् पवित्र नगरि वीरगञ्जको पिपरास्थित आयोजित श्री सीताराम नाम संकीर्तन महायज्ञले मानव मानवबिच शान्ति, सुव्यवस्था, धार्मिक सहिष्णुता, सद्भाव, सदाचार, स्नेह, मैत्रीभावको महत्वपूर्ण सन्देश सञ्चार गर्न अतुलनीय योगदान पुग्ने विश्वास लिएको छु ।’

उपराष्ट्रपति रामसहाय यादवले यस महायज्ञले वीरगञ्जबासीको चारित्रिक, नैतिक, आध्यात्मिक, धार्मिक, सामाजिक एवम् व्यवसायिक उन्नत, सुद्धिकरण तथा सशक्तिकरणका लागि कोशे ढुंगा सावित हुने शुभेच्छा व्यक्त गरेका थिए ।

धार्मिक अनुष्ठान महायज्ञमार्फत मानिसमा आध्यात्मिक चेतना, सकारात्मक जागरण, विश्वास र सस्ँकारको विकासमा महत्वपूर्ण योगदान पुग्ने गरेको उनले सुनाए ।
समयसमयमा आयोजना हुने महायज्ञले राजनीतिकर्मी, समाजसेवी र राष्ट्रसेवक र समाजका विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्वहरुलाई आफ्नो दायित्व बोध गराउन सहयोग मिल्ने उपराष्ट्रपतिको मान्यता छ ।

धार्मिक अनुष्ठानमार्फत सभ्य समाज तथा देश निर्माण गर्न सकिने उपराष्ट्रपति यादवले बताए । उनले भने ‘समाजको रुपान्तरणको कार्य गर्न सके सहि अर्थमा सुख, शान्ति, र समृद्ध समाज एवम् देश निर्माण गर्न सकिन्छ ।’

पछिल्लो समय समाजमा विद्यमान आपसी खिचातानी, मनमुटाव, अस्वस्थ्य प्रतिस्पर्धा, व्यक्तिगत तथा सामूहिक स्वार्थ जस्ता दूष्प्रवृत्तिहरु हावी भइरहेको सन्दर्भमा महायज्ञ जस्तो पवित्र धार्मिक एवम् सास्कृंतिक कार्यहरुको महत्व झनै बढि हुने उनको तर्क छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरेका थिए । कार्यक्रममा संघिय तथा प्रदेश सरकारका मन्त्रीहरु, वीरगञ्ज महानगरपालिकाका उपप्रमेख इम्तियाज आलम स्थानीय, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर