Lucky-Khabar_

१ करोड ३९ लाख भन्दा बढीको सामानसहित पर्सा प्रहरीद्वारा२ वटा ट्रक बरामद

No description available.२९माघ बिरगंज,पर्सा प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको जाँचमा बिल बिजक भन्दा बढी लोड रहेको मालसामानसहित २ वटा ट्रक बरामद गरेको छ।

content ad p2
 एक करोड ३९ लाख मूल्य बराबरको सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।
प्रहरी टोलीले  पर्साको परवानीपुरबाट बिल बिजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।बीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ८५६५ नम्बरको ट्रक परवानीपुरमा जाँच गर्दा बिल बिजक भन्दा बढी लोड रहेको औषधी पाइएकोले नियन्त्रणमा लिइएको प्रहरी भनाइ छ ।उक्त मालबाहक ट्रकबाट ७० लाख ४३ हजार भन्दा बढी मूल्य बराबरको सामान बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता थापा बताउँछन् ।
बीरगञ्जबाट झापातर्फ जाँदै प्रदेश १–०१–००१–ख ३९१५ नम्बरको ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।यो ट्रकबाट प्रहरीले ६९ लाख १५ हजार भन्दा बढीको सामान बरामद गरेको जनाएको छ ।
पक्राउ परेका २ वटै ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरी प्रवक्ता थापाको भनाइ छ ।


सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर