Lucky-Khabar_

१ करोड ३९ लाख भन्दा बढीको सामानसहित पर्सा प्रहरीद्वारा२ वटा ट्रक बरामद

No description available.२९माघ बिरगंज,पर्सा प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको जाँचमा बिल बिजक भन्दा बढी लोड रहेको मालसामानसहित २ वटा ट्रक बरामद गरेको छ।

content ad p2
 एक करोड ३९ लाख मूल्य बराबरको सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।
प्रहरी टोलीले  पर्साको परवानीपुरबाट बिल बिजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।बीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ८५६५ नम्बरको ट्रक परवानीपुरमा जाँच गर्दा बिल बिजक भन्दा बढी लोड रहेको औषधी पाइएकोले नियन्त्रणमा लिइएको प्रहरी भनाइ छ ।उक्त मालबाहक ट्रकबाट ७० लाख ४३ हजार भन्दा बढी मूल्य बराबरको सामान बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता थापा बताउँछन् ।
बीरगञ्जबाट झापातर्फ जाँदै प्रदेश १–०१–००१–ख ३९१५ नम्बरको ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।यो ट्रकबाट प्रहरीले ६९ लाख १५ हजार भन्दा बढीको सामान बरामद गरेको जनाएको छ ।
पक्राउ परेका २ वटै ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरी प्रवक्ता थापाको भनाइ छ ।


सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर