Lucky-Khabar_

बिना राजीनामा स्विकृत सरकारी कर्मचारी बने जसपा मधेश प्रदेशको अध्यक्ष

No description available.१ फागुन,वीरगञ्ज । राजीनामा स्वीकृत नहुँदै सरकारी कर्मचारी  जसपा  नेपालको मधेश प्रदेशअध्यक्ष बनेका छन् ।

content ad p2

स्वास्थ्य कार्यालय पर्सामा कार्यरत सातौं तहका अधिकृत बालकिशोर यादव जसपा मधेश प्रदेश समितिको अध्यक्ष चुनिएका छन् । स्वास्थ्य कार्यालय पर्सामा आइतबार मात्रै राजीनामा बुझाएर सोमबार मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । जसपा मधेश प्रदेश अध्यक्षमा चुनिएका यादव स्वास्थ्य कार्यालय पर्सामा जन स्वास्थ्य अधिकृतको रुपमा कार्यरत रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्तिनारायण साहका अनुसार जनस्वास्थ्य अधिकृत बालकिशोर यादवले आइतबार मात्रै कार्यालयमा आएर राजीनामा पत्र बुझाएका हुन् । उनी स्वास्थ्य सेवामा हेल्थ असिस्टेन्ट (एच.ए) सेवा प्रवेश गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार नियमले उनी अहिले पनि नेपाल सरकारको कर्मचारी नै रहेका छन् । जनता समाजवादी पार्टी नेपालको विधानको धारा १३५ बमोजिम मधेश प्रदेश तदर्थ समिति एवम् प्रदेश कार्यकारिणी समिति पुर्नगठन गरिएको हो, जसको अध्यक्षमा बालकिशोर यादवलाई चुनिएको छ ।

मधेश प्रदेश अध्यक्ष बनेका यादवको नेतृत्वमा ५१ सदस्यीय कार्यकारिणी समिति गठन भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवकै सहभागितामा सरकारी कर्मचारीलाई अध्यक्ष चुनिएको हो ।

साथै प्रदेश सल्लाहकार समिति, प्रदेश अनुशासन आयोग र प्रदेश लेखा परिक्षण आयोग समेत गठन गरिएको जसपाका केन्द्रिय सदस्य फिरोज अन्सुरले जनाए ।

र अमृत साफीको संयोजकत्वमा प्रदेश लेखा पक्षिण आयोग गठन पनि भएको छ । जसको सदस्यहरुमा मोहम्मद अनवर हासमी, आतिश मिश्र, राजकुमार दासहरु छन् ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर