Lucky-Khabar_

बिना राजीनामा स्विकृत सरकारी कर्मचारी बने जसपा मधेश प्रदेशको अध्यक्ष

No description available.१ फागुन,वीरगञ्ज । राजीनामा स्वीकृत नहुँदै सरकारी कर्मचारी  जसपा  नेपालको मधेश प्रदेशअध्यक्ष बनेका छन् ।

content ad p2

स्वास्थ्य कार्यालय पर्सामा कार्यरत सातौं तहका अधिकृत बालकिशोर यादव जसपा मधेश प्रदेश समितिको अध्यक्ष चुनिएका छन् । स्वास्थ्य कार्यालय पर्सामा आइतबार मात्रै राजीनामा बुझाएर सोमबार मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । जसपा मधेश प्रदेश अध्यक्षमा चुनिएका यादव स्वास्थ्य कार्यालय पर्सामा जन स्वास्थ्य अधिकृतको रुपमा कार्यरत रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्तिनारायण साहका अनुसार जनस्वास्थ्य अधिकृत बालकिशोर यादवले आइतबार मात्रै कार्यालयमा आएर राजीनामा पत्र बुझाएका हुन् । उनी स्वास्थ्य सेवामा हेल्थ असिस्टेन्ट (एच.ए) सेवा प्रवेश गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार नियमले उनी अहिले पनि नेपाल सरकारको कर्मचारी नै रहेका छन् । जनता समाजवादी पार्टी नेपालको विधानको धारा १३५ बमोजिम मधेश प्रदेश तदर्थ समिति एवम् प्रदेश कार्यकारिणी समिति पुर्नगठन गरिएको हो, जसको अध्यक्षमा बालकिशोर यादवलाई चुनिएको छ ।

मधेश प्रदेश अध्यक्ष बनेका यादवको नेतृत्वमा ५१ सदस्यीय कार्यकारिणी समिति गठन भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवकै सहभागितामा सरकारी कर्मचारीलाई अध्यक्ष चुनिएको हो ।

साथै प्रदेश सल्लाहकार समिति, प्रदेश अनुशासन आयोग र प्रदेश लेखा परिक्षण आयोग समेत गठन गरिएको जसपाका केन्द्रिय सदस्य फिरोज अन्सुरले जनाए ।

र अमृत साफीको संयोजकत्वमा प्रदेश लेखा पक्षिण आयोग गठन पनि भएको छ । जसको सदस्यहरुमा मोहम्मद अनवर हासमी, आतिश मिश्र, राजकुमार दासहरु छन् ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर