२५चैत,वीरगञ्ज । सिरहामा दिउँसै हतियार देखाएर एक मनि ट्रान्सफरको रकम लुटपाट गरिएको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम लागिरहेको अवस्थामा लुटेराले लुटिएको सिरहा प्रहरी प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिनु भएका छन् ।
जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको सिरहा प्रहरीले जनाएका छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकम बोकेर आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर रकम लुटेर लगेको प्रहरी बताउँछ । साथै उनीहरुले २ थान ग्लोबल आईएमईबैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेराले लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको प्रहरीले बताएको छ ।
लुटपाटको घटनाबारे थप अनुसन्धान भइरहेको भनि प्रहरीको भनाई रहेको छ ।



