Lucky-Khabar_

मनि ट्रान्सफरबाट सिरहामा हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ

२५चैत,वीरगञ्ज ।  सिरहामा  दिउँसै हतियार देखाएर एक मनि ट्रान्सफरको रकम लुटपाट गरिएको छ ।  सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम लागिरहेको  अवस्थामा लुटेराले  लुटिएको सिरहा प्रहरी प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिनु भएका छन् ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको सिरहा प्रहरीले जनाएका  छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकम बोकेर  आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर रकम लुटेर लगेको प्रहरी बताउँछ । साथै उनीहरुले २ थान ग्लोबल आईएमईबैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेराले  लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको प्रहरीले बताएको छ ।

लुटपाटको घटनाबारे थप अनुसन्धान भइरहेको भनि  प्रहरीको भनाई रहेको  छ ।

content ad p2

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर