बैशाख९वीरगंज ।
पर्साको १६ वटा पालिकामध्ये प्रायः विद्यालयका शिक्षकहरू कुनैनकुनै राजनीतिक दलमा आवद्ध रहेको र पालिका प्रमुखहरू तिनका संरक्षक भएको पाइएको छ । विद्यालयमा अनुपस्थित भएपनि हाजिरी लगाउने, पार्टीको गतिविधिमा संलग्न हुने, पार्टीको अधिवेशनहरूमा समेत सहभागी हुने |

नेपाली कांग्रेसको राजनीतिमा रहेका शिक्षकहरु
ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेद्वि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । जिल्ला सदस्य समेत रहेका उनी क्याम्पस प्रमुख भएर हाल ठाकुरराम मै प्राध्यापक रहेर अध्यापन गराइरहेका छन् |सोहि क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछाने नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन्।त्यस्तै पूर्वक्याम्पस प्रमुख तथा हाल ठाकुरराम बहुमुखी क्याम्पसका प्रध्यापक रहेका डा. कृपा सिन्धु प्रसाद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
त्यस्तै सोही क्याम्पसका प्राध्यापक तथा स्टोर प्रमुख गिता श्रेष्ठ समेत महाधिवेशन प्रतिनिधि हुन् ,कांग्रेसकै नगर सहसचिव कन्हैया झा समेत ठाकुराममा प्राध्यापक छन् ।
त्यस्तै नेपाली कांग्रेसका पर्सा जिल्ला कमिटी सदस्य विनोद मेहता सर।विवादै विवादित शिक्षकका रुपमा परिचित बिनोद मेहता विद्यापिठ मावि, नृसिंह मावि हुदैँ हाल बहुअरी माविमा आएका छन् । नेताहरुको सभा सम्मेलन जुलुसमा सक्रिय रहेका उनि पटक पटक विभिन्न विषयमा विवादित हुँदै आएका शिक्षक हुन्।कुनै सामाजिक कार्यमा जादा पक्षपात गर्ने, कांग्रेसमा रहेर उनले स्वार्थको राजनीति मात्र गर्ने,कुरा चाहि साहितिक गर्ने गरेको आरोप लाग्ने गरेको छ । शिक्षक पद पनि चाहिने विद्यालयको बजेट पनि चलाउनुपर्ने र राजनीति पनि चाहिने स्वभाव बोकेका उनको यस्तै विवादित छविले उनी एक विद्यालयमा टिक्न नसकेको निकटस्थहरु बताउँछन् ।
पकहामैनपुर गाऊँपालिका वडा नम्बर २ स्थित नेरा प्राविका प्रधानाध्यापक रहेका परमा साह वर्णवाल कांग्रेसका सक्रिय जिल्ला सदस्य हुन् । राहतका शिक्षक रहेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।
त्यस्तै संसारीमाई अधारभुत विद्यालयका प्रधानाध्यापक रहेका संजय चौहान कांग्रेस राजनीतिमा सक्रिय छन् । त्यस्तै ने.रा.मा.वि सन्ठीका शिक्षक रामादेश चौहान कांग्रेस जिल्ला सदस्य रहेका हुन,बालमन्धि माविका शिक्षक रामादेशका भाई हुन् चन्देश चौहान कांग्रेसमा आवद्ध भएर हाल एनजिओका उपध्यक्ष समेत हुन्। नेपाल सरकारको तलब भत्ता लिएर दोहोरो सुविधामा राजनीति र समाजिक संस्थामा चौहान सक्रिय हुन् ।
वीरगंज म.न.पा. अन्तर्गत पर्ने नृसिंह माविमा शिक्षक नेपाली कांग्रेसका महासमिति सदस्य संतोष सिंह ।त्यस्तै नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रहेका तीर्थराज यादव समेत शिक्षक कांग्रेस क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि हुन् ।वहाले पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता रमेश रिजाललाई जिताउन आफैँ सक्रिय रहेर सभा सम्मेलन र भेला गराएका थिए ।त्यस्तै कांग्रेस नेता समेत रहेका अशोक साह तेली भिखमपुर माविका शिक्षक हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन ट्रेड युनियनका अध्यक्ष छोटेलाल यादव गण्डक बहुअरीस्थित स्कुलका शिक्षक हुन। यस्तै सोही विद्यालयमा नेपाली कांग्रेस निकट मुस्लिम संघका जिल्ला सचिव साबिर अहमद एराज उर्फ साविर हुसैन शिक्षक हुन् ।
त्यस्तै रवि भुषण चौरसिया समेत नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता आधारभुत विद्यालयका उनी शिक्षक हुन् र उनकै श्रीमटि कोपिला कंडेल चौरसिया नेपाली कांग्रेसको महिला संघमा सक्रिय रहेकी उनी महानगर अन्तर्गत कै विद्यालयमा शिक्षक भएर अध्यापन भन्दा बढी कांग्रेसको गतिविधिमा संलग्न छिन् ।
यस्तै जिराभवानी गाउँपालिका वडा नम्बर २ स्थित रहेको नेरा मावि सेढवा विर्ताका प्रधानाध्यापक खेमराज महतो प्राथमिक तृतीय श्रेणीका स्थायी शिक्षक रहेका महतो नेपाली कांग्रेस वडा नं. २ कमिटीका सचिव हुन् ।यसैगरी नेपाली कांग्रेस कै कार्यकर्ता आरिफ अन्सारी नेपाल सरकारको शिक्षक हुन्
यस्तै सोलखपुर माविका शिक्षक राजेश चौधरी, बडेरवा माविका प्रधानाध्यापक चेतमान गैरे, सोही विद्यालयका शिक्षक बालेश्वर गैरे, सोलखपुर माविका रवि दास, विजयजस्ता माविका संतोष श्रेष्ल गायतका दर्जनौँ शिक्षक नेपाली कांग्रेसको प्रत्यक्ष राजनीतिमा सकृय नेताहरू हुन् ।
नेकपा एमालेको राजनीति गर्ने शिक्षकहरु
पर्सा जिल्लाको पोखरीया न.पा.की उपमेयर रुबि ठाकुरकी श्रीमान् दिपक ठाकुर वीरगंजस्थित वीरगंज कारागारका शिक्षक रहेका उनी नेकपा एमालेका पर्सा जिल्ला कमिटी सदस्य हुन् ।
यस्तै शिक्षक इन्द्रदेव प्रसाद कुर्मी पर्सा जिल्लाको जिल्ला कमिटी सदस्य हुन् । पर्साको कालिकामाई गाऊँपालिकास्थित कट्टिबलुवा माविका प्रधानाध्यापक कुर्मी एमालेका केन्द्रीय सदस्यहुन्,
नेकपा एमालेका जिल्ला सदस्य विनोद गिरी वीरगंज म.न.पा.अन्तर्गत रहेको तत्कालिन जनजाति स्कुल हाल आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । त्यसैगरी एमालेकै अर्का जिल्ला कमिटी सदस्य हुन् विकास पाण्डे पाकहामैनपुर स्थित नेरा प्रावि लहावर थकरीका प्रधानाध्यापक हुन् ।
नेकपा एमालेको सकृय नेता मुक्ति पाठक जनता मावि पकडीया बर्नियारका शिक्षक हुन,उनि पर्सागढ़ी नगरपालिकाका मेयर एमाले नेता गोकर्ण पाठकका भाई हुन् | त्यस्तै जिराभवानी गापा वडा नं. १ स्थित नेराप्रावि गम्हरियाका प्रधानाध्यापक बटेश्वर ख्वास थारु । उनी स्कुलका प्रअ भएपनि नेकपा एमाले जिराभवानी गाउँपालिका कमिटीका सभापति हुन् । यसै पालिकाको पकडिया मावि कै शिक्षक मोहन चौधरी थारु समेत एमालेका सकृय सदस्य हुन्, जनता मावि बर्नियारका संजय पटेल शिक्षक एमालेबाट राजनीतिमा प्रत्यक्ष हुन्, सखुवा प्रसौनी गाउँपालिकास्थित दिपनारायण माविका शिक्षक, शिवनाथ चौधरी शिक्षक एमाले पार्टीगत व्यक्ति हुन् । यसैगरी नेरा प्रावि रानिगंज रहरियाका प्रधानाध्यापक पारस ठाकुर उनी पर्साको पोखरिया नगरपालिकाका एमाले नगर कमिटी अध्यक्ष हुन् ।
ज.स.पा.को राजनीति गर्ने शिक्षक
वीरगंज महानगरपालिकाको निर्वाचित मेयर राजेशमानसिंहकी पत्नी श्रीमती अन्नपुर्ण मानन्धरकन्या माविकी शिक्षक हुन|
यसैगरी ज स.पा.को प्रदेश सदस्य रहेका हरेन्द्र चौरसिया महानगर अन्तर्गत कै विद्यालयमा शिक्षक हुन् ।
नेकपा एस
यसैगरी नेकपा एसका पार्टीमा संलग्न रहेका सखुवा प्रसौनी गाउँपालिकाका नेपालेण्डु साह शिक्षक र कार्यकर्ता हुन् । पर्साको विश्रामपुरका इब्राहिम देवान, सन्देश चौहान एनजिओसिसि लगायतमा आवद्ध रहेका छन् ।
कानुनले भन्छ :-
संघीय शिक्षा ऐन २०२८ संशोधनसहितका को दफा १६ (ङ) मा ‘शिक्षक तथा कर्मचारीको पदीय आचरण र अन्य व्यवस्था’ गेको छ । बुँदा नम्बर ५ को (छ) ले शिक्षकलाई राजनीति गर्न निषेध गरेको छ । ‘कुनै पनि शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ,’ ऐनमा स्पष्ट भनिएको छ । ऐनअनुसार कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तह स्तरका कार्यकारिणी सम्झनुपर्ने भनिएको छ ।
के भन्छन् राजनीतिक दलका नेता शिक्षक
नेपाली कांग्रेसका नेता हुन् ललन द्विवेद्वि ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा हालका प्रध्यापक उनी । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र सक्रिय सदस्य रहेका अब राजनीतिक पदबाट राजीनामा दिने सोचमा रहेको बताउँछन् ।
उनले अहिलेको शिक्षा मन्त्री आएको डरले नभएर नेपालको कानुन मानेर अदालत, तारेख धाउनु भन्दा सम्मानका साथ छोड्ने पक्षमा रहेको दावी गरे ।
प्रध्यापक गित श्रेष्ठ आफू राजनीतिमा रहेको स्वीकार गर्छिन् । नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी श्रेष्ठ भन्छिन्, ‘पहिला सक्रिय रूपमा थिएँ, अहिले अब राजनीति मलाई मन परेको विषय हैन ।
नेकपा एमालेमा आवद्ध भई राजनीति गर्दै आएका करारका विकास पाण्डे आफुहरुलाई राजनीति गर्न छुट रहेको बताउछ ।आफू करारको शिक्षक भएको र करारलाई कानुनले सम्बोधन नगरेका कारण एमाले जिल्ला सदस्य बनेको छु ।
शिक्षा ऐनले प्रष्ट रूपमा शिक्षक राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तह स्तरको कुनै पनि पदमा रहन नपाउने व्यवस्था गरेको छ ।तर उनी कानुनको गलत व्याख्या गर्दै आफू अध्यक्ष वा उपाध्यक्ष नरहेकाले ऐेनले आफूलाई नछुने तर्क गर्छन् । ‘नेपाल सरकारको करारको शिक्षक हुँ ।
पर्साको पोखरीया नगरपालिकाकी उपमेयर रूबी ठाकुरका श्रीमान तथा नेकपा ऐमाले जिल्ला सदस्य दिपक ठाकुर आफू राजनीतिक दलको पदमा छुभनी स्वीकार गर्छन् । कारागार आधारभुत विद्यालयका शिक्षक विकास पाण्डे श्रीमती उपमेयर रहेकाले उनलाई सघाउने काम मात्रै गरेको। करार नियुक्ति रहेकाले शिक्षा ऐन आकर्षित नहुने बताउछ छ ।


