Lucky-Khabar_

भिष्म आगलागी भएको मटिहानीमा आगलागी : केहि रहेन खाने अन्न ,न फेर्ने लुगा

वीरगञ्ज । बुधवार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी-६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।

content ad p2

बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुँडासहित घर जलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ ।

‘कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले)’, बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, ‘आव परिवारके कोना गुजारा चलत-अब परिवारको गुजारा कसरी चल्ला !’

बुधवार लखनदेवी उपचारका लागि भारत गएकी थिइन् । फर्कँदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेसी बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौँको थातथलो देखेर अझै बेचैन छिन् ।

अधिकांश मुस्लिम,धानुक, साह र मलाह जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो । बुधवार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रूप लिँदै ११० घर पूर्ण रूपमा जलेर खरानी बनायो ।आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँच वटा पशु चौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

मध्याह्नतिर लागेको भिष्म आगलागी निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म निभाउने गर्नु भएको थियो ।

आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई राहत सामगरी उपलब्ध गराएको थियो । अन्य सङ्घ संस्था, समाजसेवी र स्थानीय व्यापारीलेपनि सहयोग प्रदान गरेका छन् ।त्यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताए ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर