Lucky-Khabar_

बीरगंजको हरि खेतान क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड, स्थित तनावग्रस्त

वीरगञ्ज । बीरगंजको हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका छन् ।

content ad p2

परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउदै विद्यार्थीहरूले तोडफोड गरेको भने बुझिएको छ ।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, मानसिक दुख दिने जस्ता गतिविधि गरेर हैरान गरेका थिए ।

पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक हैरानी दिने होइन,’ ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’ एक विद्यार्थीले भने,

परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमै विरोध गर्दै ढुङ्गामुढा समेत प्रहार गरेका थिए । ढुङ्गामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाइकल समेतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थित तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् डि.एस.पी. कुमार विक्रम थापाले बजानकारी दिनुभयो ।

सम्बन्धित खबर

बौधीमाईको शंकर माविमा राहत शिक्षक नियुक्ति पारदर्शी बनाउन स्थानीयवासीको माग

लक्की खबर

PMC एकेडेमी वीरगञ्जको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

लक्की खबर

उच्च अदालतको आदेशसमेत अटेर गरेको आरोपमा प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

लक्की खबर