Lucky-Khabar_

बीरगंजको हरि खेतान क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड, स्थित तनावग्रस्त

वीरगञ्ज । बीरगंजको हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका छन् ।

content ad p2

परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउदै विद्यार्थीहरूले तोडफोड गरेको भने बुझिएको छ ।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, मानसिक दुख दिने जस्ता गतिविधि गरेर हैरान गरेका थिए ।

पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक हैरानी दिने होइन,’ ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’ एक विद्यार्थीले भने,

परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमै विरोध गर्दै ढुङ्गामुढा समेत प्रहार गरेका थिए । ढुङ्गामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाइकल समेतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थित तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् डि.एस.पी. कुमार विक्रम थापाले बजानकारी दिनुभयो ।

सम्बन्धित खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर

हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण

लक्की खबर