१६ वैशाख,इलाम । इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना कार्य भईरहेको छ ।

इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फूयाँलले जानकारी दिए । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।
यसपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना भईरकोमा पछिलो जानकारी अनुसार यस प्रकार छ ।
ईलाम-को ताजा अपडेट; जम्मा ४५२
डम्बर खडका ८९ (रुख)
मिलन लिम्बु ९३ (घन्टी)
डेकेन्द्र थेगिम १०२ (मुडा)
सुहांग नेम्वांग१६८ (सुर्य)
मत गणनामा इलाम – २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बनाइएको छ ।


