२७ वैशाख,वीरगञ्ज । वीरगञ्ज म.न.पा.र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका साथै अघोषित लोडसेडिङ भइरहेको समस्या समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ले नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरणमा ज्ञ्यापन पत्र बुझाएको छ ।
रास्वपाको पर्सा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुले बिहीबार नेपाल विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

रास्वपा पर्सा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुले विधुत प्राधिकरण वीरगन्जका प्रमुख अवधेश कुमार दुबेलाई उनकै कार्यकक्षमा पुगेर पत्र बुझाउँदै विधुत आपूर्तीमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका हुन् । गर्मीसँगै छिनछिनमा लाइन काटिँदा नगरबासीलाई सास्ती भएको छ ।
प्रत्येक दिन नियमित बत्ती काटिदाँ नगरबासी तथा आसपासका व्यक्तिहरु थकानसमेत राम्रोसँग मेट्न नपाइ भोलीपल्ट काममा हिड्नु परेकोले अत्यन्त कठिनाई भोग्नु परेको छ | यस्तै घरमा बस्नेहरुसमेत दिनभरको लोडसेडिङले आजित भएर गुनासो पोखान बाध्य छन् ।
गर्मीले अस्तव्यस्त बनाएको नगरबासीको दैनिकीलाई झ्याप्झ्याप लाइन जाँदा झनै सास्ती भएको छभनि जनगुनासो छ । बिधुत लाईन काटने तथा अघोसित लोडसेटिङ समस्याको समाधान गर्न रास्वपा पर्साले विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रसँग जोरदार माग गरेको हो भनि रास्ट्रिय स्वतन्त्र पार्टि मदेश प्रदेश यातायात विभाग प्रमुख राम आर्यले जानकारी दिएको छ |


