२९ वैशाख,पर्सा। वीरगञ्ज महानगरपालिकाले गीता मन्दिरको प्राङगणमा अनाधिकृत रुपले कब्जा गरी बनाइएका सटरहरुमा डोजर चलाएको हो । सार्वजनिक मठमन्दिर, पार्क लगायतलाई अतिक्रमणमुक्त बनाउँदै सौन्दर्यीकरणमा जुटेको महानगरपालिकाले करिब डेढ दशकदेखि अतिक्रमणमा परेका ८ वटा भन्दाबढी व्यापारिक सटरहरुमा डोजर चलाएर भत्काउने कार्य गरेको हो ।
गीता मन्दिरको मुख्य प्रवेशद्वारको दाँया–बाँया र पश्चिमतर्फका सटरहरु तिन वटा डोजर लगाएर भत्काएको वीरगञ्ज महानगरपालिकाले जानकारी दिएको छ । मन्दिरको जग्गामा अनाधिकृत रुपमा बनाइएका सटरहरु भत्काएर थप सौन्दर्यकरणको कार्य गर्ने तयारी नगर प्रमुख मेयर सिंहको छ ।
त्यसतै यस अघि पनि नगरप्रमुख राजेशमान सिंहले अनाधिकृत रुपले कब्जा गरी खेलिएका सटरहरु खाली गर्न मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्तालाई निर्देशन दिएका थिए । मेयर सिंहकै निर्देशनमा आज ती सटरहरुमा डोजर चलाएको मेयरको सचिवालयले जानकारी गराएको छ ।



