Lucky-Khabar_

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

content ad p2

शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरी टनेल आसपास थुप्रिएको लेदो, ढुंगामुढा, कंक्रिटलगायतका भग्नावशेष हटाउने काम भइरहेको छ। बाढीले टनेलको प्रवेश क्षेत्रमा बाक्लो लेदो तथा ठूलो परिमाणमा ढुंगामुढा थुपारेपछि उद्धारमा कठिनाइ हुँदै आएको थियो।

इन्जिनियर गोकर्ण चौधरीका अनुसार भग्नावशेष पन्छाउने काम तीव्र रूपमा भइरहेको छ र उद्धार टोली टनेलभित्र प्रवेश गर्न सक्ने अवस्थामा पुगेको छ। केही समयमै टोली टनेलभित्र प्रवेश गरी खोजी कार्य अघि बढाउने तयारीमा रहेको उनले बताए।

उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाउँदै लगातार भग्नावशेष हटाइरहेको छ। टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिको अवस्था पत्ता लगाई उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने उद्देश्यले खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण टनेलमा फसेकाहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेपछि उद्धार टोलीले जोखिम मोलेर खोजी कार्य जारी राखेको हो।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर