Lucky-Khabar_

हालसम्मकै सुनको मूल्य उच्च, तोलाको एक लाख ४४ हजार

२४ जेष्ठ, बिरगंज । सुनको भाउले हालसम्मकै सुनको मूल्य उच्च, तोलाको एक लाख ४४ हजार नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

content ad p2

हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर