Lucky-Khabar_

इटालीपछि नेपाल भ्रमण गर्छु,मोदीले भने

२८ जेठ, काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तय भएको इटाली भ्रमणपछि पहिलो भ्रमण नेपालबाट सुरु गर्ने व्यक्त गरेका छन् ।

content ad p2

तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिएका मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको द्विपक्षीय वार्तामा यस्तो कुरा जनाएका हुन् ।
‘छिमेकी पहिलो’ नीति लिएका आधारमा पनि दक्षिण एसियाबाटै पहिलो विदेश भ्रमण सुरु गर्न र त्यसमा पनि सबैभन्दा पहिला नेपालकै भ्रमण गर्न प्रधानमन्त्री प्रचण्डले मोदीलाई आग्रह गरेको भारतस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापाले जानकारी दिए ।

‘प्रधानमन्त्री मोदीले पनि जुन १३ देखि १५ मा इटालीमा हुने जी सेभेन समिटमा जाने पहिल्यै तय भइसकेको छ, त्यसपछिको पहिलो भ्रमण नेपालबाटै गर्ने प्रतिबद्धता गर्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै डा. थापाले भने ।

भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार भारत गएका थिए । उनी सोमबार अपराह्न स्वदेश फर्किएका छन् ।

सपथग्रहण समारोहपछि उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका थिए । ‘त्यसक्रममा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवम् कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो,’ प्रधानमन्त्री प्रचण्डले भने ।
सोमबार प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवम् घनिष्ठ सम्बन्ध आगामी दिनमा थप बलियो बनाउने विषयमा छलफल भएको प्रचण्डले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रमण क्रममा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) का प्रतिनिधिसँग पनि भेट गरी नेपाल र भारतबीच व्यापार तथा लगानीका विषयमा छलफल गरेका थिए ।
दिल्लीमा रहँदा दाहाल नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए भने भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्रहरू तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग समेत भेटघाट गरेका थिए ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर