वीरगञ्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा विषालु सर्पको टोकाइबाट एक पुरुषको मृत्यु भएको छ ।

वडा नम्बर १ भवानीपुरका रुपन भैया थारुको ३३ वर्षका छोरा महेश भैया थारुलाई सोमबार साँझ विषालु सर्पले टोकेको थियो ।
त्यसपछि उसलाई उपचारको लागी वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा सोमबार राति करिब ९ बजे उनको मृत्यु भएको बुवा रुपनले बताएको छ ।
मृतक महेश खेतमा काम गरिरहेका बेला सर्पले टोकेको उनले जानकारी गराएको छ भने जानकारी प्राप्त भएको छ ।
गर्मि बढेसँगै ग्रामिण भेगमा सर्पको बिगबिगी अक्सर भईरहेको हुन्छ । खेत खनजोत गर्दा पनि सर्पले टोक्ने खतरा रहेको हुँदा सतर्क रहन एकदम जरुरी हुन्छ ।


