Lucky-Khabar_

नेपाल वायुसेवा निगमका क्याप्टेन पन्तको भएको निलम्बन फुकुवा

काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ ।

content ad p2

नेवानिको न्यारो बडी जहाज ‘ए३२०–२००’ उडाउने क्याप्टेन पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले २१ जेठमा प्राधिकरणले ‘एक्टिभ ड्युटी’ बाट हटाई बन्चित गरेको थियो ।
त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो ।

उजुरीबारे छानबिन गर्दा पन्तले विमानस्थल व्यवस्थापनको पूर्वस्वीकृतिमा अन्तर्वार्ता दिएको पुष्टि भएको थियो । त्यसपछि उनको निलम्बन फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।

त्यसैतै पन्तसँगै कारबाहीमा परेका नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाको निलम्बन चाहि जारी छ । अहिले लामाले वाइड बडी जहाज ‘एयरबस ३३०–२००’ जहाज उडाउँछन् भने जानकारी भएको छ ।

सम्बन्धित खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर