Lucky-Khabar_

लागु औषध बिक्री गरेको आरोपमा फार्मेसीबाट ४ जना पक्राउ

२ असार, काठमाडौं । लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई औषधि पसलबाट पक्राउ गरेको छ ।

content ad p2

पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल रहेका छन् ।
उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये बिनिता फार्मेसी सञ्चालक रहेको प्रहरीले जानकारी भएको छ ।

उनको नाममा दर्ता भई गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
त्यसतै प्रहरी प्रभाग कोटेश्वरले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–३ घर भएका २६ वर्षीय दीपेन्द्र ओलीलाई लागु औषधसहित पक्राउ गरेको छ । उनको कोठाबाट लागु औषध बरामद गरिएको प्रहरीले बताएको छ ।

उनीहरुबाट औषधिजन्य लागु औषध बरामद भएको छ । बिना अनुमति बेच्न नमिल्ने औषधिहरु उनीहरुले किनबेच गरेको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीद्वारा जानकारी भएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर