Lucky-Khabar_

मोबाइल बन्देज गर्ने मुकुल ढकाल किन रास्वपाको बैठकमा माग्न थाले लाइभ ?

१६ असार, काठमाडौं । रास्वपा भर्खरै स्थापना भएको र  पार्टीभित्र प्रणाली बनिसकेको थिएन । त्यतिखेर महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एउटा नियम ल्याए– बैठक पूर्ण गोप्य हुनुपर्ने । अचेल मोबाइलमा क्यामेरा, रेकर्डरसमेत हुने भएकाले बैठक स्थलमा सभापति र आफूले बाहेक फोन लैजान नपाइने ।

फेरी ढकालले नै  बुधबारका लागि डाकिएको केन्द्रीय समिति बैठक लाइभ प्रसारण गर्न माग गरेका छन् । देश दौडाहापछि काठमाडौं फर्केर सभापति रवि लामिछानेलाई ३२ पाने प्रतिवेदन बुझाएका उनीबारे पार्टीभित्र कोणप्रतिकोणबाट टिप्पणी भइरहेको छ ।

केन्द्रीय सदस्यहरुले महामन्त्री ढकाल अनावश्यक उत्तेजनामा आउने र कडिकडाउ गर्ने भएकाले अलोकप्रिय भएको टिप्पणी गरिरहेका छन् ।

ढकालले भने ‘जे जस्तो छ, त्यही रुपमा प्रकट होस्’ भनेर बैठक लाइभ हुनुपर्ने माग गरेको बताए दिए ।

आफ्नो मागबारे आइतबार ढकालले भने, ‘पार्टीका बैठकमा फोकस हुन सकियोस् भनेर त्यस बेला फोन बैठकस्थलभन्दा बाहिर छाडौं भन्ने नियम ल्याइएको थियो । तर फोन जहाँ राखे पनि कापीमा टिपेर समेत मिडियामा दिइहाल्दा रहेछन् । अब चाहिँ म लाइभ गर्नुपर्छ भन्नेमा  हो ।’

आफ्नो मागबारे सभापतिले जवाफ दिइनसकेको उनले बताए ।

पार्टीभित्र जुनसुकै कुरा पनि महामन्त्रीले बिगार्यो भन्ने भाष्य बनाउन लागिएको भन्दै उनले आपत्ति जनाए ।

‘कांग्रेसले त लाइभ गर्न थाल्यो, हामीले पनि लाइभ गर्ने |’ उनले बताए  ।

प्रतिवेदन सार्वजनिक नगरी बैठक नै बस्न नदिने अडान राखेका ढकाल किन आफ्नो माग पूरा नहुँदै सहमत भए त ?

ढकालले भने, ‘बैठक लाइभ होस् । म त्यहीँ प्रतिवेदन पढिहाल्छु नि ।’

content ad p2

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर