१६असार, काठमाडौं |सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमनकुमार विक हत्या आरोपमा फरार रहेका कौसलकुमार यादव पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले नियन्त्रणमा लिएको हो भने प्रहरीले जनाए ।

महोत्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलालप्रसाद जैसवालका अनुसार यादवविरुद्ध २०७५ साउन २८ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो भने जानकारी गराएको छ ।
त्यहि समयदेखि नै यादव फरार थिए । विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मीप्रसाद कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तर कोइरीले भने सफाइ पाइसकेका प्रहरीले जनाए ।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकलाई हत्या गरेको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।


