असार,श्री झरिमाई नरसिंह युवा क्लबद्वारा परोहा-७र८का दलित(मुसहर)समुदायमा शसक्तिकरणको कार्यक्रम भएको छ |
कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष आर्य शशिकला राउत(प्रिया)गरेको छ|त्यसतै उदघाटन शुभआरम्भ प्रमुख अथिति परोहा नगरपालिका वडा नं.८का वडा अध्यक्ष श्री खेदु मुखियाले पढने विधार्थीहरुलाई कपि कलम बाडेर गरेको छ |कार्यक्रममा पिछडिएका केहि दलित समुदायका ब्यक्तिहरुलाई सुधारमुलक पर्शिक्षण कार्य भएका छन|

त्यस्तै उक्त कार्यक्रममा साजसेवी तथा झरिमाई नरसिंह युवा क्लबका संचालक राम आर्यले आफ्नो मन्तब्य राख्दै भनेको छ |समाजलाई अनेक संधसंस्था तथा निकायले बिभिन्न तरिकाले सुधारण खोज्छ र सुधार्ने कार्य पनि गर्छ,धेरै जसो ठाउमा समाजमा सुधार पनि भईरहेको छ |तर हाम्रो समाज अन्तरगत पिछडिएका केहि दलित समुदायमा शस्क्तिकरण तथा सुधार ल्याउन मुख्य चुनौती शिक्षाको कमि रहेको छ भनि आर्यको तर्क रहेको छ|

विषेस गरि कार्यक्रममा दलित समुदायका पढने विधार्थीहरुलाई पढन,शिक्षा हासिल गर्न उतप्रेरित हुनको लागि बिशेस व्यक्तिद्वारा कलम,कापी,नास्ता र फ्रुटी वितरण कार्य भएको छ |
कार्यक्रम परोहा नगरपालिका रौतहटको सहयोगमा श्री झरिमाई नरसिंह युवा क्लब परोहा,नरकटियाले गरेको छ|कार्यक्रममा समाजका भारभालादमी,बुधिजिवी,वडा नं. ८ का वडाअध्यक्ष,पत्रकार र प्रहरीको उपस्थिति थियो |


