Lucky-Khabar_

ओलिद्वरा १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रवार नै राष्ट्रपतिकहा पेश, आईतबार नियुक्त गरिने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारै राष्ट्रपति निवास पुगेर नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले शीतल निवास पुगेर दाबी पेस गरेका हुन्।
दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।
दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष केही बेरअघि दाबी पेस गरिएको कांग्रेस र एमालेद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

content ad p2

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर