Lucky-Khabar_

श्रीमान-श्रीमतीको झगडा कसरी सुल्झाउने ?

संसारमा कुन यस्तो जोडी होला,जसले एकापसमा झगडा चाहन्छन् । तर कहिलेकाहीं नचाहेर पनि परिस्थिति यस्तो हुन्छ कि झगडा भई नै हाल्छ ।

content ad p2

हरेक विवाहित सम्बन्धमा सानातिना झगडा हुन्छन् र दम्पतीले समाधान गरेर अगाडि बढ्छन् । तर कहिलेकाहीं सानातिना झगडाले पनि ठूलो रुप लिन्छ र कुरा सम्बन्ध विच्छेदसम्म पुग्छ । त्यसो भए झगडालाई ठूलो रुप लिन नदिन के गर्ने त ? जीवनसाथीसँगको विवादलाई के कस्ता बानीले चर्काउन सक्ला ?
बोल्दाबोल्दै ठूलो स्वर गर्ने
झगडा दुवैबाट शुरु भएपछी आवाज ठुलो हुन्छ । जुन दुवैलाई सहन सहज हुँदैन । आफनो पार्टनरसँग कुनै कुरामा रिस उठ्दा उसले ध्यान दिइरहेको छैन । जसकारण धेरैजसो आवेशमा आएर चर्को स्वरमा बोल्नु हुन्छ । आफनो तर्क साबित गर्न कराउन सुरु गरिन्छ । कतिपय बेला अभद्र भाषा पनि रिसमा प्रयोग हुन्छन् ।

यसले सम्बन्धलाई बिगार्ने देखि  सम्बन्ध विच्छेदसम्म पुर्‍याउन सक्छ । यस्तो अवस्थामा सकेसम्म शान्तिपूर्ण ढंगले समस्याको समाधानतर्फ लैजानुपर्छ ।

एकअर्कालाई दोष लगाउने

झगडा हुँदैमा सम्बन्ध खत्तम हुँदैन । तर झगडापछि एकअर्कालाई दोष दिनु ठीक होइन । साना-साना कुरालाई उठाउँदै झगडा गर्ने बानी छ भने यसले तपाईंको सम्बन्धमा चिसोपन ल्याउन सक्छ । यस अवधिमा एकअर्काको गल्ती गन्नुको सट्टा समझदारी देखाएर कुरालाई शान्त पार्नु राम्रो हुन्छ ।

कुरालाई अपूरो छाड्ने

कसैको बानी कुनै कुरालाई लिएर बहस सुरु गरी नसल्टाई अचानक मौन बस्ने हुन्छ । तर मौन बस्नु समाधान होइन । यसले सल्किरहेको आगोमा घिउ थप्नु सरह हुन जान्छ । यसो गरेमा पार्टनरले टाढा भागिरहेको अनुभव गर्न सक्छन् । यस्तो व्यवहारले समस्या मात्र बढाउँदैन । सम्बन्ध पनि पहिलेको जस्तो हुनेछैन ।

एकअर्कालाई शत्रु मान्ने

श्रीमान्-श्रीमतीबीचको अनावश्यक झगडाले उनीहरुको सम्बन्धलाई कमजोर बनाउँछ । तर झगडापछि एकअर्कालाई शत्रु ठानेपछि भने झन् ठूलो समस्या खडा हुन्छ । यस क्रममा उनले आफू एउटै छतमा रहेको कुरा बिर्सन्छन् । यदिे हात हालाहाल नै हुने सिर्जना पैदा भई तिनीहरूमध्ये एकलाई पनि चोट पुग्यो भने उनीहरूको दाम्पत्य जीवनमै ठूलो असर गर्छ । त्यसैले एकअर्काविरुद्ध हुँदा कुनै पनि समस्या समाधान हुँदैन, झन् जटिल बन्दै जान्छ । यसो गर्नाले सम्बन्ध अन्धकार हुदै सबै कुरा हातबाट फुस्किन सक्छ ।

कसरी सुल्झाउने ?

झगडा एक पटक सुरु भएपछि कसरी रोक्ने ? यो जान्न गाह्रो हुन सक्छ । द्वन्द्व रोक्न असम्भव जस्तो लाग्न सक्छ । झगडा घरको काम वा स-सानो असहमतिदेखि, शंका वा आर्थिक लेनदेन प्रमुख झगडाको दायरामा हुन सक्छ । यस्तोमा कस्तो प्रकारको असहमति छ भनेर पहिचान गर्न महत्त्वपूर्ण छ । किनभने यसले बहस रोक्न उत्तम तरिका निर्धारण गर्न मद्दत गर्नेछ ।

‘मलाई यसको बारेमा सोच्न दिनुहोस्’

यति भनिसकेपछि केही समय दुवै शान्त रहन्छ्न । यस्तोमा पाटर्नरले विचारलाई ख्याल गरेको जनाउँछ । समय लिएर सोच्दा समस्याको समाधान पक्कै निस्कन्छ ।

‘तपाईं सही हुन सक्नु हुन्छ |

यो वाक्यले सक्नुहुन्छ’ विवादित बनेको विषयमा सकरात्मक सम्झौता गर्न इच्छुकता देखाउँछ । यो संकेत धेरैजसो व्यक्तिको स्थितिलाई नरम बनाउन पर्याप्त छ । र, उनीहरूलाई एक कदम फिर्ता लिन सोच्न बाध्य बनाउँछ ।

“गल्ति सुईकार्नु पर्छ |“

झगडा खतम पार्नलाई आफुले गल्ति सुईकार्नु जान्नु पर्छ |

‘माफी मागन गर्नु पर्छ ’

गल्ती स्वीकार गर्दा सानो भइने सोचले धेरै व्यक्ति माफी मागदैन । तर कहिलेकाहीं विवादमा माफी माग्दा सहानुभूति व्यक्त हुन्छ । यसले रिसको भावनालाई एकैछिनमा मार्न सक्छ ।

 

सम्बन्धित खबर

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर

ईर्ष्या र तुलनाले हराउँदै गएको मानवता : बिमल सर्राफ

लक्की खबर

हरिखेतान कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री बनाउने प्रतियोगिता

लक्की खबर