‘कतिपय फरार अभियुक्त पक्राउ परेसँगै धेरै कुरा बाहिर आएको भन्दै उनले भने, ‘कयौँ कुरा बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम देखिन्छ । नेपाल प्रहरीले र सीआईबीले तदारुकताका साथ काम गरोस्
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषदबाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको लामिछानेले उल्लेख गरे । उनले अगाडि भने, ‘अडियो, अरू थुप्रै कुराले पुष्टि हुने ठाउँ प्रशस्त थिए । अनुसन्धानका दुई कुनै शक्ति केन्द्रमा पुग्दा तपाईँहरूको हात नकामोस् ।’
‘टीकापुर घटनाको अनुसन्धानमा कमी नआओस्’ प्रतिपक्षमा बसेर नियालिरहने उनले बताए ।
आफ्नै मेरो विषयमा पनि धेरै कुरा उठेको छ, भोलि पनि उठ्ने लामिछानेले बताए । ‘मैले आजसम्म आफ्ना विषयमा न यो गर्नुस्, त्यो गर्नुस् भनेको छु न मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट खोजेको छु’ आफ्नै गृहमन्त्रीलाई हतकडी लगाउन सक्ने साहस भरेको छु भनेर संसदमै भनेको स्मरण गर्दै उनले भने, ‘मन्त्री भएकै कारण अप्ठ्यारो परेको रहेछ भने आजैबाट गहन अध्ययन अनुसन्धान गर्नुस् ।’
यसपटक प्रतिपक्षमा भएकोले विशेष जिम्मेवारीका साथ हुनेछ किनकि दुई ठूला दलहरू मिलेका छन्,| ‘आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा र मन सधै रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’लामिछानेले भने |



