३० असार,काठमाडौं। प्रहरी परिसर काठमाडौले ठमेलबाट मलेसियन नागरिक ५ किलो कोकिनसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् ।

उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जानकारी भएको छ ।
कोठाको खानतलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।
#अपराध


