Lucky-Khabar_

पर्साबाट तिन जनाले लिए मन्त्रीको शपथ,प्रदीप,अजय र सङ्घीय राजकुमार

१साउन,वीरगञ्ज । पर्साले तीन जना मन्त्री पाएको छ । मधेसको आन्दोलनको जग एवम् राजनीतिक थलोको रूपमा परिचित पर्साबाट निर्वाचित तीन जना सांसद मन्त्री बनेका हुन् ।

content ad p2

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ बाट निर्वाचित अजय चौरसिया, र क्षेत्र नम्बर ३ बाट निर्वाचित राजकुमार गुप्ता मन्त्री बनेका छन् ।
निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् । यसअघि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले अब खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनले आजै शपथ ग्रहण गरेका छन्।

अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तीन जना मन्त्री पाउने भएपछि पर्सा विकास र समृद्धिको बाटोमा अग्रसर हुने पर्सावासीले आशा गरेका छन् । जसपा, काँग्रेस, र एमाले गरी तीन वटै दलका सांसद मन्त्री बनेपछि जनतामा आशा पनि बढेको छ । एकै पटक तीन जनाले मन्त्रीको जिम्मेवारी पाएको पर्सामा यो पहिलो पटक हो ।

प्रदीप यादव, अजय चौरसिया, र राजकुमार गुप्ताले मन्त्रीको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमका बिच मन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनीहरूले पनि मन्त्रीको शपथ ग्रहण गरेका हुन् भनि जानकारी भएको छ ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर