Lucky-Khabar_

वीरगञ्जको सफाईमा कुनै सम्झौता नगर्न मेयर सिंहको निर्देशन

१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुन सक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहोर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई निर्देशन दिएका छन् ।

content ad p2

वर्षातको समयमा नाला जाम भएर हुन सक्ने डुबानको समस्यालाई समाधान गर्न ३२ वटै वडामा रहेका नालाहरु आजै देखि पूर्णरुपमा सफाई गर्न उनले सफाइकर्मीका नाइकेहरुलाई निर्देशन दिएका हुन् ।

वीरगञ्जको सफाईमा आफूले कसैसँग कुनै सम्झौता नगर्ने भन्दै उनले त्यसका लागि फोहोर संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिन पनि सफाइकर्मीलाई निर्देशन दिएका छन् ।
वीरगञ्जमा फेरि फोहोर बढेकोमा चिन्ता व्यक्त गर्दै मेयर सिंहले फोहोर व्यवस्थापनमा हेलचेक्रयाई गर्ने सफाइकर्मीलाई कारवाही गरिने चेतावनी पनि दिए । ‘मलाई ठूलो चिन्ता छ, वीरगञ्जमा फेरि फोहोर बढ्यो’ उनले थपे, ‘यसको समाधान मलाई चाडो चाहियो, अन्यथा म सबैलाई कारवाही गर्छु ।’

यस्तै प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सफाइमा कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै थप जनशक्तिको आवश्यक परे त्यो पनि व्यवस्थापन गर्न महानगर तयार रहेको जनाए ।

बैठकमा योजना प्रमुख अवधेश साह, सरसफाई शाखा प्रमुख सर्फूद्दिन मियाँ, वातावारण शाखा प्रमुख राकेश साह, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, महानगरको सरसफाई संयोजक प्रकाश खेतान, ३२ वटै वडाका सफाईकर्मीका नाइकेहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर