Lucky-Khabar_

भारतलाई अमेरिकाको युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह

२ साउन, काठमाडौं । मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गरेका हुन् ।
उनले भने , “रुससँग भारतको लामो समयदेखि सम्बन्ध रहेको हामी सबैलाई थाहा छ । हामीले भारतलाई रुससँगको त्यो लामो समयदेखि रहेको सम्बन्धलाई चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि उपयोग गर्न आग्रह गर्दछौं । साथै राष्ट्रपति पुटिनलाई युद्धको अन्त्य गर्दै न्यायपूर्ण, स्थायी शान्ति खोज्न आग्रह गर्न भारतलाई प्रोत्साहित गरेका छौं ।’’
हालै मस्कोको आधिकारिक भ्रमणमा आउनुभएका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि शान्ति “सबैभन्दा महत्त्वपूर्ण’’ रहेको बताए । उनले युद्धको मैदानमा कुनै समाधान नभएको र बम, बन्दुक र गोलीको बिचमा शान्ति वार्ता सफल नहुने बताउदै द्वन्द्व अन्त्य गर्न आग्रह पनि गरेका थिए भनि प्राप्त भएको छ।

content ad p2

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर