Lucky-Khabar_

काठमाडौं न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिए

४ साउन, काठमाडौं । काठमाडौं न्युरोडको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।

content ad p2


केहिअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो ।
सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो भनि जानकारी भएको छ ।

सम्बन्धित खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

रोकिएको पर्सा यातायात कार्यालयको भवन निर्माण तत्काल अघि बढाउने मन्त्री थापाको प्रतिबद्धता

लक्की खबर

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर