Lucky-Khabar_

दसैँ–तिहारमा दुबईमा नेपाली घिउ र याक चिजको माग! डीडीसीले पठायो थप १.६५ टन उत्पादन

दुग्ध विकास संस्थान (डीडीसी) ले दसैँ–तिहारलाई लक्षित गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा थप १ हजार ५०० किलो घिउ र १५० किलो याक चिज निर्यात गरेको छ।

content ad p2

यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारबाट सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले थप उत्पादन पठाएको हो। दुबईका तीन स्थानमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत यी उत्पादन बिक्री भइरहेको जनाइएको छ।

डीडीसीले बजारको माग र ग्राहकको प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना बनाएको छ। नेपाली घिउको प्याकेजिङ नेपाली, अंग्रेजी र अरबी भाषामा उपलब्ध छ। संस्थानले यसअघि जापानलगायतका देशमा पनि घिउ निर्यात गरिसकेको छ।

नेपाली दुग्धजन्य उत्पादनलाई विदेशी बजारमा स्थापित गर्ने प्रयासले निर्यात विस्तार र स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर