Lucky-Khabar_

पर्साबाट संघ र प्रदेश सरकारमा पाँच मन्त्री, ३ नम्बर क्षेत्र मन्त्री नै मन्त्रि

४ साउन, वीरगञ्ज । पर्सा जिल्लाले ५ जना संघीय सरकारमा तीन र प्रदेश सरकारमा दुई मन्त्री सहित पर्सा जिल्लाले पाँचजना मन्त्री पाएको हो ।

संघीय सरकारमा पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव खानेपानी मन्त्री, २ बाट अजय चौरसिया कानून न्याय तथा संसदीय मामिला मन्त्री, क्षेत्र नम्बर ३ बाट राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।
त्यस्तै मधेस प्रदेशमा पनि दुईजना मन्त्री पर्साले पाएको छ । मधेस प्रदेशमा एमाले, माओवादी गठबन्धनमा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट प्रमोद जयसवाल शिक्षा तथा संस्कृति मन्त्री यसअघि नियुक्त भएका थिए ।
अहिले उनलाई खेलकुद तथा समाजिक कल्याण मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यस्तै बिहीबार विस्तार भएको मधेस प्रदेशको मन्त्री मण्डलमा पर्साबाट एकजना मन्त्री थपिएका छन् ।

content ad p2

पर्साको क्षेत्र नम्बर ३ कै प्रदेशसभा २ बाट निर्वाचित जनार्दनसिंह क्षेत्र भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ यसपटक मन्त्रीमय बनेको छ ।

क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजकुमार गुप्ता संघीय सरकारमा मन्त्री भएका छन् । प्रदेशसभाको दुवै क्षेत्रबाट निर्वाचित सांसद मधेस प्रदेश सरकारको मन्त्री भएका छन् ।

प्रदेशसभाको १ बाट प्रमोद जयसवाल र २ बाट जनार्दन सिंह क्षेत्री निर्वाचित भएका थिए । उनीहरु दुवैजना अहिले मधेस प्रदेश सरकारको क्याबिनेटमा छन् ।

आन्दोलनको उद्गमभूमि पर्सा सधै राज्यको उपेक्षा पर्‍यो । विभेदमा पार्‍यो भन्ने गरेका पर्साका नेताहरुलाई यसपटक मन्त्री नै मन्त्री बनाएर अवसर दिएको छ । मन्त्री बनेकाहरुले अब पर्सालाई कतिको गर्छ पर्साबासिले ठुलो आस राखेका छन् |

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर