Lucky-Khabar_

कार्बाही स्वरुप काज सरुवा डी.एस.पी. दधिराम न्यौपानेको

५ साउन,बारा । बाराका डी.एस.पी. दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालयले कार्बाही स्वरुप काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौ सरुवा गरेको हो।
प्रहरी उपरीक्षक महेन्द्र खडकाले डीएसपी न्यौपानेको काज सरुवाको पत्र आएको जानकारी गराएका छन्। प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कार्बाही स्वरुप सरुवा गरिएको हो।
उक्त कार्बाहीको कारण डीएसपी न्यौपानेले कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको मुद्दा कमजोर बनाएको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो। प्रहरी उपरीक्षक खडकाले काज सरुवा भएको स्वीकार गरेपनी अन्य आरोप गलत भएको दाबी गरेका छन् भनि जानकारी प्राप्त भएको छ।

content ad p2

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर