Lucky-Khabar_

कार्बाही स्वरुप काज सरुवा डी.एस.पी. दधिराम न्यौपानेको

५ साउन,बारा । बाराका डी.एस.पी. दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालयले कार्बाही स्वरुप काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौ सरुवा गरेको हो।
प्रहरी उपरीक्षक महेन्द्र खडकाले डीएसपी न्यौपानेको काज सरुवाको पत्र आएको जानकारी गराएका छन्। प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कार्बाही स्वरुप सरुवा गरिएको हो।
उक्त कार्बाहीको कारण डीएसपी न्यौपानेले कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको मुद्दा कमजोर बनाएको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो। प्रहरी उपरीक्षक खडकाले काज सरुवा भएको स्वीकार गरेपनी अन्य आरोप गलत भएको दाबी गरेका छन् भनि जानकारी प्राप्त भएको छ।

content ad p2

सम्बन्धित खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

लक्की खबर

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

लक्की खबर