Lucky-Khabar_

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

काठमाडौं, असोज १५ । सरकारले संघीय संसदमा दर्ता गराएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) वा ग्रीन कार्ड लिएका व्यक्तिलाई निजामती सेवाको उम्मेदवार बन्न रोक लगाउने प्रस्ताव गरिएको छ।

content ad p2

विधेयकको दफा १८ मा निजामती सेवाको उम्मेदवारका लागि आवश्यक योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार बहुविवाह गरेको वा विदेशी मुलुकको पीआर तथा ग्रीन कार्ड लिएको व्यक्ति निजामती सेवाका लागि अयोग्य हुने प्रस्ताव छ।

त्यस्तै, भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राष्ट्रहितविरुद्धको कसुर, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा जातीय छुवाछूत र भेदभावलगायतका गम्भीर फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएका व्यक्तिले पनि निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।

नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा दोषी ठहरिएका तथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त भएका व्यक्तिलाई समेत पुनः निजामती सेवामा प्रवेश गर्न रोक लगाउने प्रावधान विधेयकमा छ।

विधेयकले निजामती सेवामा प्रवेशका लागि पदअनुसार उमेर हदसमेत प्रस्ताव गरेको छ। राजपत्र अनंकित पदका लागि १८ वर्ष र राजपत्रांकित पदका लागि २१ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ। सामान्यतया पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था छ।

पूर्व सैनिक तथा प्रहरीका लागि ४० वर्ष, अधिकृत नवौँदेखि एघारौँ तहसम्मका लागि ४५ वर्ष र अपांगता भएका व्यक्तिका लागि ४० वर्षसम्म उमेर हदको छुट प्रस्ताव गरिएको छ। सरकारी सेवामा स्थायी रूपमा कार्यरत तथा प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका लागि भने उमेर हद नलाग्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर