Lucky-Khabar_

धनुषामा विद्युत् पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

वीरगञ्ज । धनुषामा विद्युत्को पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९, औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार बिहान करिब पौने १० बजे छिमेकीको घरमा विद्युत् बिग्रिएपछि मर्मत गर्न पोलमा चढेका साहलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर