Lucky-Khabar_

मधेश तेस्रो आँखा दैनिकको तेस्रो वार्षिकोत्सव सम्पन्न

१२ साउन,वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित मधेश तेस्रो आँखा दैनिक पत्रिका तेस्रो वार्षिकोत्सव सम्पन्न गरि चौथो वर्षमा प्रवेश गरेको छ । पत्रिकाका प्रबन्ध निर्देशक मुनेश कुमार लायो मगरको अध्यक्षतामा शनिवार एक कार्यक्रमका बीच मनाइएको छ ।

content ad p2

वीरगञ्जस्थित क्लासिक बैक्वैटमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले सत्य, तथ्य र निष्पक्ष पत्रकारिता हराउँदै गएकोप्रति आफ्नो मन्तब्य व्यक्त गरे । पछिल्लो समय स्वार्थका लागि र आफ्नो मान्छेको बढाउने र विपक्षीलाई पेल्ने तरिकारले पत्रकारिता भइरहेको भन्दै सच्चिएर आम नागरिकलाई सही सूचनाको सम्प्रेषण गर्न बताएको छ ।

उक्त कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका पर्साका अध्यक्ष यशवन्त यादवले पत्रकारले मर्यादित र व्यवसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । भए नभएका विषयमा जथाभावि रुपमा मन लाग्दो समाचार लेखेर पत्रकारहरुले आफ्नै सम्मान घटाइरहेको उनको टिप्पणी छ । सही र सत्य खबर सँगै सूचनालाई पुष्ठि गरेर मात्रै दर्शक, पाठकसमक्ष पु-याउन उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस सेन्टरका केन्द्रिय सदस्य जगत राई, बाणका मधेश प्रदेश अध्यक्ष आशिक अन्सारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, राष्ट्रिय सौन्दर्यकर्मी युनियन मधेश प्रदेश अध्यक्ष ओमकुमारी शर्मा, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


पत्रिकाका प्रधान सम्पादक गणेश ठकुरीले स्वागत मन्तव्य राख्दै विभिन्न आरोहअवरोह पार गरेर तीन वर्षदेखि निरन्तर प्रकाशित भइरहेको बताए । छापा माध्यममा आउने चुनौतीलाई चिर्दै जनताका समस्यालाई प्राथमिकताका साथ स्थान दिँदै आएको उनले बताए । सोही अवसरमा पत्रिकामा कार्यरत कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको छ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर