Lucky-Khabar_

वीरगञ्जका तीन स्थानमा रक्तदान, १२९ पोका रगत संकलन

१२ साउन,वीरगञ्ज । वीरगञ्जका विभिन्न स्थानमा बिआईटी कलेजसहित वीरगञ्जका तीन स्थानमा रक्तदान कार्यकमभएको छ | बिआईटी कलेजमा सम्पन्न कार्यक्रममा ५४ जनाले रक्तदान गरेका समेतले १२९ पोका रगत संकलन भएको छ ।

content ad p2

नेपाल जनता पार्टी पर्साको आयोजनामा पनि रक्तदान गरिएको छ । पार्टीका अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पनि ५४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रागिनी साह, श्रीकान्ती गिरी, रोशन महतो, सन्नी गुप्ता, रागिनी साह लगायतले रक्तदान गरेका छन् ।

वीरगञ्जको माइस्थानमा सत्य साइ केन्द्र प्रदेश २ समितिले आयोजना गरेको कार्यक्रममा ४ जना महिलासहित २१ जनाले रगत दान गरेका छन् | रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले बताए । उनकाअनुसार रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाब बढीरहेको छ । गर्मीका कारण बिरामीको चाप बढ्दा केन्द्रमा रगतको चरम अभाव भएको पाण्डेले जनाए । माग बढेको र रगतको अभाव भएको हुँदा रक्तदान कार्यक्रम गर्न तथा केन्द्रमै पुगेर रक्तदान गर्न पनि उनले आग्रह गरे ।

सम्बन्धित खबर

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर