१३ साउन,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डिआइ जी मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन्ल
सांसद ढकालले वर्तमान सरकार गठन भएपछि मन्त्रपिरिषद् र प्रादेशिक मन्त्रीहरु नियुक्तिदेखि प्रहरी अधिकारीको सरुवासम्मको काम हेर्दा सरकारको उद्देश्यको श्रृखला देखिन थालेको जिकिर गरे।

उनले बेथितीका कुराहरुलाई संदनमा प्रस्तुत गर्दा नातिनातिनाको संज्ञा दिएको उनले बताए। आफूहरु अपूताली खाने नातिनातिना नभएको भन्दै उनले डिठ्ठा र काजीसावका रवैयाहरुलाई खवरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिका भएको जिकिर गरे।
त्यस्तै ढकालले अपूताली खाने नातिनातिना नभएको बताएपछि एमाले सांसद दीपा शर्माले नियमापति जनाउँदै अपूताली शव्द रेकर्डबाट हटाउन माग गरिन्। उनले आक्रोशमा जे पनि आरोप लगाउन नमिल्ने दाबी गरिन्।
त्यसपछि आफ्नो भनाइलाई निरन्तरता दिएका रास्वपा सांसद ढकालले राष्ट्र बैंकको मौद्रीक नीति हेर्दा नियमकहरुको चावी अर्थमन्त्रालयमा राख्ने र आफूले पायक पर्दा खोलिने गरेको देखिएको मन्तब्य राखे ।


