Lucky-Khabar_

प्रधानमन्त्री के पी ओलीले दुई वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिन्छु बताए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार दुई वर्षसम्म चल्नछ बताए ।

content ad p2

मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने भनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै सुशासन र विकासका लागि नै सरकार बनेको बताए । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन’, प्रधानमन्त्रीले भने, ‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो ।

प्रधानमन्त्री ओलीले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताएको छ ।

सम्बन्धित खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

लक्की खबर