Lucky-Khabar_

NMCकलेजका MD शहनवाज पक्राउपछि बढाउन थाले प्रहरी प्रशासनसंग हिमचिम, गरे– एक महिनामै प्रहरीसंग दुइ कार्यक्रम

२१ साउन,वीरगञ्ज । बीरगन्जस्थित NMCकलेजका MD शहनवाज पक्राउपछि बढाउन थाले तथा प्रहरी प्रशासनसंग हिमचिम गर्न थालेको छ | एक महिनामै प्रहरीसंग हिमचिम बढाउन दुइ खाले कार्यक्रमहरु गर्न थालेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसंग पछिल्लो समय हिमचिम बढाउन थालेको छ ।

content ad p2


कलेजको ल्याबबाट गुणस्तरहीन केमिकल बरामद भएसंगै स्वामित्वको बारेमा दाजुभाइबिच विवाद चर्किएपछि कलेजले आफ्नो रणनीति बदलेको थाहा भएको छ । कलेजमा विवाद उत्पन्न हुँदा सहयोग पुग्ने हेतुले कलेजले प्रहरी प्रशासनसंग हिमचिम बढाउन थालेको जानकार बताउँछन् । कलेज अध्यक्ष डा. जैनोद्दिन अन्सारीका छोरा एवम MD शहनवाज हुसेन म्याद नाघेको केमिकलसहित पक्राउ परेपछि अझ बढी प्रहरी प्रशासनसंग सम्बन्ध बढाउन थालिएको कलेजका एक कर्मचारी बताउँछन् । उनका त्यसका पछिल्लो २ घटनाक्रमले त्यसको पुष्टि भएको छ ।

यसअघि सशस्त्र प्रहरी बल पर्सासंग कलेजले गरेको एक सहमति । साउन ८ गते कलेजका एमडी शहनवाजले बारा र पर्साका सशस्त्र प्रहरी प्रमुखसंग एक सम्झौता गरे ।
जुन सम्झौतामा उनले अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सशस्त्र प्रहरी र परिवारलाई भारी मात्रामा छुट दिने सम्झौता गरे । यो समझदारी पत्रमा सशस्त्र प्रहरी प्रमुख र कलेजले संयूक्तरुपमा हस्ताक्षर ग¥यो । त्यसपछि अर्को घटना हो, सोमबार अर्थात् ( आज) को । नेशनल मेडिकल कलेजले आज नेपाल प्रहरीसंग सम्बन्ध बनाउनको लागि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा नेशनल मेडिकल कलेजले बाल सुधार केन्द्रमा स्वास्थ्य परीक्षणको आयोजना गरेको छ, जहाँ १३५ जनाको चेकजाँच गरिएको थियो । यहाँ चाखलाग्दो विषय के हो भने अन्य कार्यक्रममा सहभागीता नजाउने जिल्लाका सिडिओ दिनेश सागर भुसाल प्रमुख अतिथि थिए भने पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलको पनि उपस्थिति थियो ।

यी २ वटा उदाहरणले कलेजले एकाएक प्रहरी प्रशासनसंग आफ्नो हिमचिम बढाइरहेको छर्लङ पारिरहेको छ । कलेज व्यवस्थापकसंग भने यो बारेमा प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन नचाहेको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर